स्यानिटाइजर उत्पादन गर्ने ५ वटा उद्योग कारबाहीमा | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

स्यानिटाइजर उत्पादन गर्ने ५ वटा उद्योग कारबाहीमा

काठमाडौं, २७ भदौ । मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने काठमाडौंका ४ र भक्तपुरको १ गरी ५ वटा उद्योगहरुलाई औषधि व्यवस्था विभागले कारबाही गरेको छ । औषधि व्यवस्था विभागको प्रयोगशालमा गरिएको परीक्षणमा काठमाडौंका चार र भक्तपुरका एक उद्योगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने रसायन प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेको पाइएको कारबाही गरिएको विभागले जनाएको छ ।

विभागले शनिबार सूचना जारी गर्दै मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने काठमाडौंस्थित हाइजिन सोप एण्ड केमिकल प्रालि, आधार केमिकल एण्ड फुड इन्डष्ट्री, सर्च केम कम हर्बल प्रडक्ट्स र सूर्यमुखी हर्बल प्रडक्ट्स तथा भक्तपुरको नेपाल कायाकल्प उद्योगलाई कारबाही गरेको हो । विभागले ती उद्योगहरुबाट उत्पादित स्यानिटाइजर’ प्रयोग नगर्न सर्बसाधारणलाई अपील गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);