मापदण्ड विपरीतका स्यानिटाइजर सहित ३ जनालाई पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मापदण्ड विपरीतका स्यानिटाइजर सहित ३ जनालाई पक्राउ

काठमाडौं । मापदण्ड विपरीतका स्यानिटाइजर सहित ३ जनालाई काठमाडौंका विभिन्न उद्योगबाट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका(१३ ताहाचल बस्ने सोही महानगरपालिका(२२ घर भएका उत्सब डिटर्जेण्ट एण्ड कस्मेटिक उद्योगका संचालक ४३ वर्षीय कमल अग्रवाल, सोही उद्योगका प्रोपाईटर ४८ वर्षीय राकेश अग्रवाल र काठमाडौं महानगरपालिका(१६ नयाँबजार बस्ने लामा समिप इन्टरप्राइजेज प्रालिका संचालक ४२ वर्षीय सुमन लामा रहेका छन् ।

प्रहरीले उत्सव डिटर्जेन्ट एण्ड कस्मेटिक कम्पनी लिमिटेड काठमाडौं बालाजुबाट आइपिए रसायन भएको २ सय लिटरका ८ थान ड्रम, स्यानिटाइजर बनाउने रसायन २ सय लिटरका ७ थान ड्रम, पिजि एलएलपि र ग्लाईसिन रहेको २ सय लिटरका ५ थान ड्रम, ५ सय मिलिमिटरका १ सय २७ कार्टुन स्यानिटाइजर, १ सय मिलिलिटरका ३५ कार्टुन स्यानिटाइजर, ५ लिटरका ४० कार्टुन स्यानिटाइजर, १ लिटरका २ कार्टुन स्यानिटाइजर, मूल्य तथा मिति लेवलिङ प्रयोग गर्ने ३ थान मेसिन र कमल अग्रवालको नाममा दर्ता भएको उत्सव डिटर्जेन्ट एण्ड कस्मेटिक उद्योगको स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र, सोही कम्पनीको काठमाडौं महानगरपालिका(१३ चागल स्वयम्भूबाट १ सय मिलिलिटरका ७८ कार्टुन स्यानिटाइजर, ५ सय मिलिलिटरका २२ कार्टुन स्यानिटाइजर, ५ लिटरका २१ कार्टुन स्यानिटाइजर र १ सय मिलिलिटरका स्यानिटाइजर ५८ किरेट समेत प्रहरीले बरामद गरेको हो ।

यसैगरी सुमन लामाको समिप इन्टरप्राइजेज प्रालिबाट विना इजाजत उत्पादन गरिएका ५ लिटरका २ सय ९५ ग्यालिन गरी १ हजार ४ सय ७५ लिटर स्यानिटाइजर प्रहरीले बरामद गरेको छ ।
उनीहरूउपर थप अनुसन्धान भईरहेको उक्त महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पछिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);