अवैध लागूऔषध गाँजा बरामद | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८३, बिहीबार

अवैध लागूऔषध गाँजा बरामद

सुनसरी । धरान उपमहानगरपालिका(६ स्थित सेरा खोला पुलबाट करिब ३५ केजी अवैध लागूऔषध गाँजा आइतबार राति प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी पानबारीबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार दुई जनाले बोरा फालेर मोटरसाइकल सहित फरार भएपछि प्रहरीले बोरा तलासी गर्दा प्लाष्टिकमा प्याक गरी राखेको अवस्थामा उक्त परिमाणको लागूऔषध फेला पारेको हो ।

हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

ताजा समाचार