थप चार कम्पनीका स्यानिटाइजरमा विषाक्त रसायन फेला | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

थप चार कम्पनीका स्यानिटाइजरमा विषाक्त रसायन फेला

काठमाडौं, ३१ भदौ । औषधि व्यवस्था विभागले थप चारवटा कम्पनीका ह्यान्ड स्यानिटाइजर बिक्रीवितरणमा रोक लगाएको छ । राष्ट्रिय औषधि प्रयोगशालाले गरेको परीक्षणमा तोकेको मापदण्ड विपरित विषाक्त रसायन समावेश भएको र न्यून गुणस्तरको पाइएकाले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै विभागले प्रयोग नगर्न सर्वसाधारणलाई सूचनामार्फत आग्रह गरेको छ ।

विभागले चीनको ग्वाङझाउस्थित ओपाकेल नन वासिङ एन्टिबेक्टेरियल सलुसन, ललितपुरस्थित सम्पदा हेल्थकेयरको सासा ह्यान्ड स्यानिटाइजर , भारतको आरएल कोर्पको पामाकेयर ह्यान्ड स्यानिटाइजर र काठमाडौँको श्रीनाथ हर्बलको युनिकेयर ह्यान्ड स्यानिटाइजरलाई रोक लगाएको हो ।

त्यस्तै विभागले त्यस्ता स्यानिटाइजरहरुको उत्पादन तथा बिक्रीवितरण तत्काल रोकी सम्बन्धित उत्पादकलाई फिर्ता गर्न सरोकारवालाहरुलाई सुचित पनि गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);