बर्दियामा कोभिड रोकथाम तथा नियन्त्रण आदेश जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बर्दियामा कोभिड रोकथाम तथा नियन्त्रण आदेश जारी

दीपकलाल श्रेष्ठ
बर्दिया।
दोस्रो चरणको कोरोना भाईरस संक्रमण व्यापक भएपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले कोभिड रोकथाम तथा नियन्त्रण आदेश जारी गरेको छ ।

बैसाख १२ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले निर्णय गर्दै त्यस्तो आदेश जारी गरेको हो ।

बैठकले आवागमन लगायत हिँडडुल बन्द गराउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । बैठकको निर्णय अनुसार छोटो दुरीका सार्वजनिक सवारी साधनमा रोक लगाईने छ ।

बैशाख १३ गते राति १२ बजेदेखि १९ गते राति १२ बजे सम्मका लागि आदेश पालना गर्नु पर्ने छ । लामो दुरीका सवारी साधन, एम्बुलेन्स, प्रेस, दुध लगायत कुटनीतिक नियोगका सवारी साधनहरुमा कुनै रोकतोक नहुने र संक्रमण फैलिएको क्षेत्रमा अत्यावश्यक सामाग्रीहरु खाद्यान्न, फलफूल, दुध, तरकारी, औषधि, मलखाद बाहेक अन्य बजारहरु ७ दिनको लागि बन्द गरिएको बताईएको छ ।

कोभिडको चेन ब्रेकगर्दै रोग रोकथाम र नियन्त्रणका लागि समितिको आदेश पूर्ण रुपमा पालना गर्न प्रमुख जिल्ला अधिकारीले आग्रह गरेका छन् ।

अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आदेश दिईएको छ । अत्यावश्यक काममा घरबाहिर निस्कनु परे स्वास्थ्य मापदण्डको पालनागर्दै सामाजिक दुरी, सेनिटाईज विधि लगायत साबुन पानीले अनिवार्य हात धुनुपर्नेछ ।

आदेश उल्लंघन गरे कानून वमोजिम कारबाही हुने प्रजिअ सुनारको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);