झापामा कडा किसिमको निषेधाज्ञा आदेश जारी | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

झापामा कडा किसिमको निषेधाज्ञा आदेश जारी

पुस्कर गुरागाई,
झापा । झापामा कोरोना संक्रमितको संख्या र मृत्युदर बढ्न थालेपछी निषेधाज्ञामा थप कडाई गरिने भएको छ । संक्रमण फैलावट नियन्त्रणका लागि शुक्रबार राति १२ बजेबाट लागु हुनेगरी जिल्ला प्रशासन कार्यालय झापाले कडा किसिमको निषेधाज्ञा आदेश जारी गरेको हो ।

पछिल्लो दिनमा झापामा कोरोना संक्रमण तीब्ररुपमा बढिरहेको भन्दै बैशाख ३१ गते मध्यरातीदेखी जेठ ७ गते मध्यरातिसम्म लागू हुने गरी औषधी खरिद र उपचारका लागि बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर निस्कन नपाउने गरी निषेधाज्ञा कडाई गरिने भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा कडाई गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञा अवधिभर औषधी , स्वास्थ्य सामग्री , इन्धन बाहेकका सबै सवारी साधन र पसल संचालनमा पुर्ण रुपमा बन्देज लगाईएको प्रमुख जिल्ला अधिकारीद्धारा जारी आदेशमा जनाईएको छ । हरियो तरकारी , फलफूल, दूध तथा दूधजन्य पदार्थ स्थानीय तह तथा स्थानीय उद्योग वाणिज्य संघको समन्वयमा बिहान ८ बजेदेखि घरघरमा होम डलिभरी गर्नेलगायतका निर्णय गरिएको छ । दैनिक रुपमा ५ जनासम्म संक्रमितको मृत्यु हुन थालेपछी कडा आदेश जारी गरीएको प्रमुख जिल्ला अधिकारीको भनाई छ ।

निषेधाज्ञा अवधिभर सरकारी कर्मचारीको आवगमनमा समेत समयसिमा तोकिएको छ । सरकारी कर्मचारीले समेत बिहान ९ बजेबाट १० बजेसम्म र बेलुकी ५ बजेबाट ६ बजेसम्म मात्रै आवागमन गर्न पाउने आदेशमा जनाईएको छ । त्यस्तै अत्यावश्यक सेवाबाहेकका सबैको आवागमन बन्द गरिएको छ ।

हालसम्म झापाका २३ सय ३० ब्यक्ति कोरोनाको नयाँ भेरियन्टबाट संक्रमित भएका छन् । झापामा गतसाल र अहिले गरी १ सय ७१ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भैसकेको छ । त्यसैले संक्रमणको तिव्रता घटाउन स्थानिय प्रशासनले जारी गरेको आदेशको पुर्ण पालना गरौ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);