ललितपुरमा निषेधाज्ञा कडाई, पाँचजना भन्दा बढी भेला हुन नपाइने | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

ललितपुरमा निषेधाज्ञा कडाई, पाँचजना भन्दा बढी भेला हुन नपाइने

ललितपुर । ललितपुर प्रशासनले निषेधाज्ञालाई थप कडाइ गरेको छ । ललितपुर प्रशासनले एक सूचना जारी गर्दे ललितपुर महानगरपालिका क्षेत्रमा ५ जना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधित क्षेत्र तोकिएको हो ।

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट शुक्रबार जारी भएको आदेशमा ललितपुर महानगरपालिका केही क्षेत्रमा जेठ १ गते बिहान ६ बजे देखि राति १० बजे सम्म ५ जना भन्दा बढी भेला हुन नपाइने गरी निषेधित क्षेत्र तोकिएको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी ललित बहादुर बस्नेतद्वारा जारी आदेशमा रातो मच्छिन्द्र नाथको रथ रहेको आसपास क्षेत्र पूर्व– मदन स्मारक स्कुल अगाडीको चोक, पश्चिम– श्री रातो मच्छिन्द्रनाथको रथ रहेको पश्चिम तर्फको बारुण यन्त्र रहेको स्थान, दक्षिण–सेन्ट जेभियर्स स्कुल अगाडीको चोक (अल्का मोड), उत्तर–लविम मल पश्चिमपट्टीको सडकमा भेला नहुन भनेको छ ।

त्यसैगरी मिन नाथको रथ रहेको आसपास क्षेत्रपूर्व– गणेशस्थान मन्दिर, पश्चिम–तबहाल चोक, दक्षिण–ईति चोक र उत्तर–टंगल र चक्रवहिली गल्ली रहेको क्षेत्रमा समेत निषेधाज्ञा थप गरिएको प्रशासनले जनाएको छ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);