रातो मत्स्येन्द्रनाथको रथ भएको क्षेत्रमा ५ जनाभन्दा बढी भेला हुन निषेध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रातो मत्स्येन्द्रनाथको रथ भएको क्षेत्रमा ५ जनाभन्दा बढी भेला हुन निषेध

काठमाडौं, २० भदौ । जिल्ला प्रशासन कार्यालय, ललितपुरले रातो मत्स्येन्द्रनाथको रथ भएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन निषेध गरेको छ । जिल्ला प्रशासन कार्यालय, ललितपुरले शनिबारदेखि लागू हुने गरी निश्चित क्षेत्रमा बिहान ५ बजेदेखि बेलुकी १० बजेसम्म लागू हुने गरी ५ जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरेको छ ।

पूर्वमा मदन स्मृति स्कुल अगाडिको चोक, पश्चिममा महानगरपालिकाको कार्यालय, दक्षिणमा सेन्ट जेभियर्स स्कुल अगाडिको चोक र उत्तरमा बल्खुडोलमा भेला हुन निषेध गरिएको छ । त्यस्तै, मिननाथको रथ रहेको क्षेत्र आसपास पनि ५ जनाभन्दा बढी भेला हुन निषेध गरिएको छ ।

प्रशासनले जारी गरेको सूचना अनुसार रथ रहेको क्षेत्र आसपासमा हिँडडुलमा रोक लगाइएको छ । यसअघि शुक्रबार चक्रपथभित्र कफ्र्यू लगाइएको थियो । शुक्रबार नै पुल्चोकमा पुजारी र अन्य केही व्यक्तिले क्षमा पुजा गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);