महिला टिम काताको पदक भिडन्तमा नेपाल असफल | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८३, मंगलबार

महिला टिम काताको पदक भिडन्तमा नेपाल असफल

काठमाडौँ । 

नेपाली महिला कराते टिम काता टोली जापानमा जारी २० औं एशियाली खेलकुदमा कांस्य पदकको प्रतिष्पर्धामा असफल भएको छ । नेपाली महिला काता टोलीले एसियाली खेलकुदमा पहिलोपटक प्रतिष्पर्धा गरे पनि सफलता पाउन सकेन । तोयोहाशी जिम्नेसियममा मंगलबार सम्पन्न आइची÷नागोया २०२६ मा निराशाजनक प्रदर्शनसँगै करातेमा नेपालको आशामा निराशाजनक प्रदर्शन भएको छ । काँस्य पदकको प्रतिष्पर्धामा सानुमाया थिङ, एलिशा रासकोटी मगर र मेघा लिम्बू सम्मिलित नेपाली महिला टिम काताको टोली चाइनिज ताइपेइसँग ५–० ले पराजित हुन पुग्यो । सम्मिलित नेपाली टोलीले क्वार्टरफाइनलमा भियतनामसँग पनि ५–० को हार व्यहोरेको थियो । भियतनाम फाइनलमा पुगेपछि नेपालले रिपाचेजमार्पmत कांस्यका लागि प्रतिष्पर्धा पाएको हो । यससँगै कातामा नेपालको चुनौती समाप्त भएको छ ।

कातामा दुई र कुमुतेमा नेपालले पाँच तौलसमूहमा प्रतिस्पर्धा गरेको थियो । यसअघि महिला एकल काता सानुमाया थिङले प्रतिस्पर्धा गरेकी थिइन् । उक्त स्पर्धामा सानुमाया दक्षिण कोरियाकी चोइ हाइउनसँग ५–० कै नतिजामा पराजित भएकी थिइन् । गत संस्करण ऐतिहासिक रजत पदक जितेकी एरिका गुरुङ, मीनबहादुर तामाङ र राकेश मानन्धर पनि कांस्य पदकको प्रतिस्पर्धामा चुकेका थिए । नेपाली कराते टोली चौथोपल्ट पदक भिडन्तमा असफल भएको छ ।

Leave a Reply

ताजा समाचार