साग खेलकुद अपडेट : हालसम्म नेपाललाई ८ स्वर्ण | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

साग खेलकुद अपडेट : हालसम्म नेपाललाई ८ स्वर्ण

SAG Sworna padak

काठमाडौं, १६ मंसिर । १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ८ स्वर्ण पदक जितेको छ । करातेका मण्डेकाजी श्रेष्ठले नेपाललाई व्यक्तिगत पुरुष काता प्रदर्शनमा पहिलो स्वर्ण पदक दिलाएका हुन् । महिला टिम कातामा निर्मला तामाङ, संगीता मगर र सरु कार्कीको समूहले पनि स्वर्ण पदक जितेको छ ।

करातेको पुरुष टिम कातामा पनि नेपालले स्वर्ण जितेको छ। मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण मानन्धर रहेको समूहले स्वर्ण जितेको हो। तेक्वान्दोको व्यक्तिगत पुरुष काता प्रदर्शनमा नेपालका कमल श्रेष्ठले स्वर्ण पदक दिलाएका छन् ।

यस्तै ट्रयाथलोनमा पनि नेपालले स्वर्ण जितेको छ। नेपालकी सोनी गुरुङले स्वर्ण पदक हात पारेकी हुन् । यस्तै, तेक्वान्दो खेलमा सिना लिम्बू मादेनले स्वर्ण दिलाएकी छिन् । यस्तै लक्ष्मण तामाङले ५५ केजी समूह कराते किक बक्सिङमा स्वर्ण जितेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);