एकैदिन नेपाललाई १५ स्वर्ण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

एकैदिन नेपाललाई १५ स्वर्ण

sag 15 swarna

काठमाडौं, १७ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को दोस्रो दिन २४ स्वर्णको छिनोफानो हुँदा १५ वटा स्वर्ण नेपालले हात पारेको छ ।

नेपालले विभिन्न तीन खेलमा १५ स्वर्णपदक जितेको हो ।

नेपालले कराँते र तेक्वान्दोमा सर्वाधिक ७–७ स्वर्ण पदक जितेको छ । ट्रायथोलनमा पनि नेपालले एक स्वर्ण जितेको छ ।

यस्तै कराँतेमा २ र तेक्वान्दोमा १ रजत जितेको नेपालले तेक्वान्दोमा ३ र ट्रायथलनमा १ कास्य पदक पनि जितेको छ ।

सोमबार कराँतेका मण्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यले २–२ स्वर्ण जितेका छन् ।

नेपाल तालिकाको शीर्ष स्थानमा रहेको छ । यो समाचार आजको हिमालय टाइम्स दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);