साग खेलकुद : नेपालको तेक्वाण्डो र कराँतेमा उत्कृष्ट प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

साग खेलकुद : नेपालको तेक्वाण्डो र कराँतेमा उत्कृष्ट प्रदर्शन

mande-kaji-shrestha

काठमाडौं, १७ मंसिर । दक्षिण एसियाली खेलकुद साग मंसिर १५ गतेदेखि नेपालमा जारी छ । सन् १९९९ बाट सुरु भएको साग प्रतियोगिता नेपालले हालसम्म ३ पटक आयोजना गरेको छ । जारी प्रतियोगितामा नेपालले तेक्वाण्डो र कराँतेमा उत्कृष्ट खेल प्रदर्शन गरेको छ । अन्य खेलमा पनि नेपालको लगानी खेर नजानेमा खेलाडीहरु विश्वस्त देखिन्छन् ।

दक्षिण एसियाली खेलकुद सागमा नेपाललाई सबैभन्दा धेरै स्वर्ण दिलाउने खेल हो तेक्वान्दो । तेक्वान्दो खेल अन्तर्गत सागमा यसभन्दा अगाडीसम्म नेपालले सर्वा्धिक २४ स्वर्ण, १४ रजत र ८ कास्य पदक हासिल गरेको थियो । सन् १९९९ मा नेपालमै भएको आठौं संस्करणबाट सागमा तेक्वान्दो भित्रिएको थियो । त्यसबेला जम्मा १५ स्वर्णमध्ये १४ वटा नेपालले आफ्नो पोल्टामा पार्न सफल भएको थियो । त्यसैगरी १९८६ पछि पुन २० वर्षपछि नेपालमा साग गेम भइरहेकोछ जसले नेपाली खेलाडीलाई हौसला र प्रोत्साहन समेत मिलेको छ ।

तेक्वान्दोमा नेपालका लागि लगातार चार स्वर्ण जितेका लेजेन्ड दीपक विष्ट यसपालि प्रशिक्षकको भूमिकामा छन् । पहिलेको सागमा भन्दा अहिले घरेलु मैदानमा हुन गइरहेको सागको तयारी र खेलाडीमाथि गरिएको लगानी आयोजक टिमले राम्रो गरेकाले नतिजा नेपालकै हुनेमा खेलाडी विश्वस्त छन् । तथापि नेपालका लागि चुनौती र अवसर दुबै छ । सागकै लागि भनेर नेपालले चीन र मलेसियाबाट प्रशिक्षक झिकाइ प्रशिक्षण गरेकाले प्रतिफल नेपालकै पक्षमा आउनेमा खेलाडीहरु विश्वस्त छन् ।

तेक्वान्दोमा यसपटक पुम्से विधा पनि समावेश भएकाले कूल २९ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । क्योरोगीतर्फ १६ र पुम्सेतर्फ १३ स्वर्ण समावेश छन् । सागमा खेल्नका लागि नयाँ र पुराना तेक्वान्दो खेलाडीहरुको मिश्रण गराइएको छ । १३ औं सागमा पनि नेपालले तेक्वाण्डो र कराँतेमा उत्कृष्टता प्रदर्शन गरेको छ । दुबै खेलको अधिकांश स्वर्ण पदक नेपालले नै जितेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);