सागमा पदक जितेका ३ पाकिस्तानी खेलाडीमाथि चार वर्षको प्रतिबन्धमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

सागमा पदक जितेका ३ पाकिस्तानी खेलाडीमाथि चार वर्षको प्रतिबन्धमा


एजेन्सी, २८ साउन । नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागका पदकधारी तीन जना पाकिस्तानी खेलाडीमाथि चार वर्षको प्रतिबन्ध लागेको छ । निषेधित औषध प्रयोगको डोपिङ परिक्षणमा असफल भएपछि पाकिस्तानका तीन खेलाडीलाई दक्षिण एसियाली ओलम्पिक काउन्सिलको एन्टी डोपिङ नियम अनुसार चार वर्षको प्रतिबन्ध गरिएको हो ।

ट्रयाक एण्ड फिल्डको १ सय १० मिटर हर्डल्समा स्वर्ण विजेता मोहम्मद नइम, ४ सय मिटरका स्वर्ण विजेता मेहबुब अली र सय मिटरमा कास्य विजेता समी उल्लाह डोपिङ परिक्षणमा असफल भएर चार वर्षको प्रतिबन्धमा परेका हुन् । सागमा सहभागी खेलाडीको डोपिङ परिक्षण गर्दा तीन जना पाकिस्तानी खेलाडी असफल देखिएका थिए । खेल लगत्तै उनीहरुबाट संकलन गरिएको स्याम्पल कतारको राजधानी दोहास्थित एन्टी डोपिङ ल्याबमा परिक्षणमा पठाईएको थियो ।

त्यहाँ पनि डोपिङ परिक्षणमा असफल भएसंगै खेलाडीको पदक खोसिनुका साथै चार बर्षको प्रतिबन्ध लगाउने निर्णय गरिएको हो । १३ औं साग नेपालमा मंसिर १५ देखि २४ गतेसम्म सञ्चालन गरिएको थियो । प्रतियोगितामा पाकिस्तानले ३२ स्वर्ण सहित १ सय ३२ पदक जितेको थियो । पाकिस्तानले १४ औं सागको आयोजकको जिम्मेवारी समेत पाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);