रामोसले एन्टि डोपिङ नियम तोडेका छैनन् : रियल मड्रिड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रामोसले एन्टि डोपिङ नियम तोडेका छैनन् : रियल मड्रिड

sergio ramos

एजेन्सी, ८ मंसिर । रियल मड्रिडले आफ्ना कप्तान सर्जियो रामोसले सन् २०१७ को च्याम्पियन्स लिग फाइनलका क्रममा एन्टी डोपिङ नियम तोडेको आरोप अस्वीकार गरेको छ । जर्मन पत्रिका डेर स्पिगलले स्पेनिस राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रामोस डोपिङ परीक्षणका असफल भएको रिपोर्ट सार्वजनिक गरेको थियो ।

रामोसले बिना अनुमति डेक्सामेथासोन नामक औषधि प्रयोग गरेको रिपोर्टमा जनाइएको छ । उक्त औषधि परीक्षकको अनुमतिबिना प्रयोग गर्ने छुट हुँदैन । रिपोर्टमा डोपिङ परीक्षण अधिकारीलाई उदृत गरी ३२ वर्षीय रामोसले एन्टी डोपिङ नियम तोडेको आरोप लगाइएको छ । साथै युरोपेली फुटबल महासंघले रामोसको माफी स्वीकार गरेको छ ।

सो रिपोर्टले खेलाडीलाई प्रतिबन्धित औषधि प्रयोग गर्नुमा क्लवका चिकित्सकलाई दोषी ठहर गरेको छ । यस्तो रिपोर्ट सार्वजनिक भएपछि बिज्ञप्ति जारी गर्दै रियल मड्रिडले रामोसले कहिल्यै पनि एन्टी डोपिङ नियम उल्लंघन नगरेको प्रष्ट पारेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);