संसदको हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

संसदको हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सिफारिस

mantriparisad office

काठमाडौं, ९ माघ ||
सरकारले संसदको हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सिफारिस गरेको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले माघ २२ गते अपरान्ह ४ बजे संघीय दुवै सदनको संसद अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग निर्णय सुनाउँदै सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सरकारले राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको संयोजकमा डा. असिम भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको बताउनु भयो । राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको पद लामो समयदेखि खालि थियो । उहाँले राष्ट्रिय खेलकुद विकास नियमावली ०७९ को नियम १६ को उपनियम १ को खण्ड (क) बमोजिम मनोनयन गर्ने निर्णय गरिएको बताउनु भयो । उहाँले कोटेश्वर चोक सुधार परियोजनाका लागि जापान सरकारको करिव ३१ अर्ब २ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकृतका लागि जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय भएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);