इरानमा हिजाब विरोधी प्रदर्शनमा पक्राउ परेका एक व्यक्तिलाई फाँसी दिइयो | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

इरानमा हिजाब विरोधी प्रदर्शनमा पक्राउ परेका एक व्यक्तिलाई फाँसी दिइयो

एजेन्सी,१० माघ । इरानले २०२२ मा राष्ट्रव्यापी विरोध प्रदर्शनका क्रममा पक्राउ परेका अर्का कैदीलाई मृत्युदण्ड दिएको छ ।

२२ वर्षीया महसा अमिनी हिजाब नलगाएको भन्दै पक्राउ परेकी हुन् । सेप्टेम्बर १६, २०२२ मा नैतिकता प्रहरीको हिरासतमा महसाको मृत्यु पछि, देशभर हिजाब विरोधी प्रदर्शनहरू भड्किए जसमा कम्तिमा ५२९ मानिसहरू मारिए र हजारौंलाई हिरासतमा लिइयो ।

राजधानी तेहरान नजिकैको परान्ड सहरमा एक ¥यालीका क्रममा एक प्रहरीको हत्या र पाँच जनालाई घाइते बनाएको अभियोगमा मुहम्मद कोबडलुलाई फाँसी दिइएको सरकारी टेलिभिजनले जनाएको छ ।

महिनौंदेखिको आन्दोलनपछि नवौं व्यक्तिलाई फाँसी दिइएको छ । २३ वर्षीय कोबड्लुले अपराध स्वीकार गरेको टिभी रिपोर्टले जनाएको छ ।

सुनुवाईको क्रममा उनलाई वकिलको पहुँच प्रदान गरिएको थियो । कोबड्लुले तल्लो अदालतले दिएको मृत्युदण्डको सजायविरुद्ध पुनरावेदन दायर गरेका थिए । पछि सर्वोच्चले तल्लो अदालतको फैसलालाई यथावत राख्यो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);