शिजनसँग कुरा गरेपछि तुनिषाले आत्महत्या गरेको खुलाशा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

शिजनसँग कुरा गरेपछि तुनिषाले आत्महत्या गरेको खुलाशा

एजेन्सी । टेलभिजन अभिनेत्री टुनिषा शर्मा आत्महत्या प्रकरणमा नयाँ खुलासा भएको छ । तुनिशा शर्माले फाँसी दिनुअघि शीजन खानसँग कुरा गरेको प्रहरीको दाबी छ । अभियुक्त शिजनले पनि अनुसन्धानमा सहयोग नगरेको प्रहरीले जनाएको छ ।

मुम्बई प्रहरीले आरोपी शीजन खानको २५० देखि ३०० पृष्ठको व्हाट्सएप च्याटको पनि अनुसन्धान गरेको छ, तर शीजन खानले आफ्नी गोप्य प्रेमिकासँगको च्याट डिलिट गरिदिएका छन् । शीजनकी गोप्य प्रेमिका पनि एक टिभी सिरियल अभिनेत्री हुन् र उनी मुम्बईमा बस्छिन् ।

अभिनेत्रीका मामा पवन शर्माले बुधबार तुनिषाले शीजनसँग सम्बन्ध राखेपछि हिजाब लगाउन थालेको दाबी गरेका छन् । शिजनको अरु केटीसँग पनि सम्बन्ध रहेको उनको भनाइ छ ।

सञ्चारमाध्यमसँग कुरा गर्दै टुनिशाका मामाले भने, ‘शिजनसँग सम्पर्कमा आएदेखि टुनिशाको व्यवहारमा परिवर्तन आएको थियो । हिजाब लगाउन थालिन् । शिजनको अन्य महिलासँग पनि सम्बन्ध छ, त्यसैले प्रहरीले यस विषयमा सबै कोणबाट अनुसन्धान गरोस् भन्ने चाहन्छु ताकि सत्यतथ्य सबैलाई उजागर होस् ।’

तुनिषाको मृत्यु भएको दिन शिजनले आफ्नी गोप्य प्रेमिकासँग आधा घण्टा कुराकानी गरेको प्रहरीले नयाँ अपडेटमा जनाएको छ । प्रहरीले शिजनको फोनबाट २५० देखि ३०० पृष्ठको व्हाट्सएप च्याट र रेकर्डिङ बरामद गरेको छ । सबै च्याटहरू पनि स्क्यान गरिएको छ ।

शिजन खानलाई प्रहरीले बुधबार अदालतमा हाजिर गरेको थियो, जसको भिडियो सार्वजनिक भएको छ । भिडियोमा प्रहरीले शीजनलाई खाली खुट्टा तानेर अदालत लैजाने गरेको देख्न सकिन्छ । यस क्रममा उनको अनुहार पूरै छोपिएको छ । अदालतले शिजनलाई दुई दिन अर्थात् पुस ३० गतेसम्मका लागि प्रहरी हिरासतमा पठाएको छ । यसअघि उनलाई चार दिन हिरासतमा राखिएको थियो ।

टुनिषा शर्मा आत्महत्या प्रकरणमा कंगना रनोटको प्रतिक्रिया आएको छ । उनले प्रधानमन्त्री मोदीलाई आग्रह गर्दै तीन पृष्ठ लामो नोट लेखेकी छन् । कंगनाले भनेकी छिन्,‘कि एक महिलाले सबै कुराको सामना गर्न सक्छ, चाहे त्यो प्रेममा धोका होस्, विवाह टुटेको होस् वा जुनसुकै होस्, तर आफू उत्पीडन सहन सक्दिनन्। धेरैले महिलामाथि शारीरिक र मानसिक दुव्र्यवहार गर्ने गरेका छन् जुन हत्या सरह हो ।’

टिभी अभिनेत्री टुनिशाले २४ डिसेम्बरमा सुटिङ सेटमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । टुनिशाले आत्महत्या गरेको केही घण्टापछि उनकी आमाको उजुरीको आधारमा उनको सहकलाकार शीजान मोहम्मद खानलाई प्रहरीले पक्राउ गरेको थियो ।

शिजनविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरी चार दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ । बुधबार अदालतले थप दुई दिन प्रहरी हिरासतमा राखेको छ । शिजन र टुनिशा करिब ४ महिनादेखि एकअर्कालाई डेट गरिरहेका थिए । नायिकाको आत्महत्याको १५ दिनअघि दुवैको ब्रेकअप भएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);