‘द पोइट आइडल’आजदेखि प्रशारण हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

‘द पोइट आइडल’आजदेखि प्रशारण हुने

काठमाडौं । कवितामा आधारित टेलिभिजन शो ‘द पोइट आइडल’आजदेखि प्रशारण हुने भएको छ । अमनप्रताप अधिकारीले निर्माण तथा निर्देशन गर्ने रियालिटी शो एपीवान टेलिभिजनबाट आजदेखि प्रसारण हुने भएको हो । उनी कवि क्षेत्रप्रताप अधिकारीका छोरा हुन् ।

उक्त शो बेलुका बिहीबार र शुक्रबार प्रत्येक हप्ता साढे ८ बजे एपीवान टेलिभिजनबाट प्रशारण हुनेछ । असोज अन्तिमसम्म भएको अडिसनका लागि नेपालबाट १ सय ६२ जना छानिएका छन् भने अनलाइन अडिसनबाट विदेशीएका नेपाली ५० जना भन्दा बढी प्रतिस्पर्धी छानिएका छन् ।

डिजिटल अडिसनबाट छानिएका सहभागीमध्ये विभिन्न चरण पार गर्दै १४ जना कवि छानिनेछन् । शो मा सहभागी कविले कविता लेखन र वाचन गर्नेछन् । कविता लेख्नका लागि छट्टुाछट्टुै विषय दिइने जनाइएको छ।

प्रस्तुति हेर्ने निर्णायकको साथै दर्शकले पनि आफूलाई मन परेका प्रतिस्पर्धी कवि, कवयित्रीलाई भोट हाल्न पाउने छन् । अन्तिम १४ बाट हरेक हप्ता एक जना प्रतिस्पर्धी बाहिरिने र अन्तिममा एक जना ‘द पोइट आइडल’ बन्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);