सीजनको परिवारले टुनिशाकी आमामाथि लगाए यस्तो आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सीजनको परिवारले टुनिशाकी आमामाथि लगाए यस्तो आरोप

एजेन्सी । टुनिशा आत्महत्या प्रकरणमा शीजान खानको परिवारले सोमबार पहिलो पटक मुख खोलेको छ ।

टुनिशाकी आमा वनिताका सबै आरोपलाई उनकी आमा र बहिनीले खण्डन गरेका छन् ।

शिजनका दिदीबहिनी फलक र शफाकले टुनिसालाई कहिल्यै दरगाहमा लिएर नगएको स्पष्ट पारे । हिजाबको बारेमा भनिएका कुरा समेत गलत भएको उनीहरुको जिकिर छ । टिभी सिरियलको सुटिङका क्रममा टुनिशाले हिजाब लगाएकी थिइन् ।

टुनिशाको परिवारसँगको सम्बन्ध राम्रो नभएको उनीहरुले टिप्पणी गरेका छन् । उनीहरुको अनुसार आमा वनिताले टुनिशालाई नियन्त्रणमा राख्ने गर्थिन् ।

उनीहरुले विनिता शर्माले शिजनमाथि झुटो आरोप लगाएको भन्दै कसैलाई धर्म परिवर्तन गर्न दबाब दिन नसकिने बताए । उनलाई कहिल्यै हिजाब लगाउन बाध्य नपारेको सुनाए ।

उनका दिदीबहिनीले भने– ‘हामीले चिनेका थियौं । उहाँले हामीलाई दिदीबहिनी मान्नुभयो। जनवरी ४ मा उनको जन्मदिन हो, हामीले त्यसको लागि सरप्राइज गर्ने योजना बनाएका थियौँ । बुबाको मृत्युपछि टुनिशाले आफ्नो जन्मदिन राम्ररी मनाएकी थिइनन् । हामीले ट्युनिशालाई ५ महिनादेखि मात्रै चिनेका छौं।’

शिजनका दिदीबहिनीका अनुसार टुुनिशाले आफूलाई जेठी बहिनीजस्तै व्यवहार गरिन्

‘उहाँलाई दरगाहमा लैजान्छौं भने उनको कुनै फोटो छ ? शिजनले थप्पड हाने, त्यसको कुनै प्रमाण छ ? जहाँसम्म उर्दूको कुरा छ, सुटिङका क्रममा उर्दू बोल्नुपर्छ ।’–दिदि बहिनीले भने ।
टुनिशा टिभी सिरियलमा काम गर्न चाहँदैनथिइन् । उनी संसार हेर्न चाहन्थिन् । टुनिशाको परिवारसँगको सम्बन्ध राम्रो थिएन । आमा वनिताले जन्मदिनमा टुनिशाको मोबाइल तोडेकी थिइन् । टुनिसालाई पैसाको अभाव थियो। वनिताले ट्युनिशालाई नियन्त्रणमा राखेको सिजनका परिवारको आरोप छ ।

शिजनका वकिलले टुनिशाकी आमाले आफ्नी छोरीलाई मानसिक शोषण गर्ने गरेको भन्दै टुनिशाकी आमालाई प्रहार गरेका छन् । चण्डीगढमा बस्ने काका सञ्जीव कौशलको उक्साहटमा टुनिशाकी आमा वनिताले टुनिशाको फोन तोडेको उनीहरुको आरोप छ । सञ्जीव कौशलको नाम सुनेर टुनिशा आत्तिएकी थिइन् ।

वनिताले पनि टुुनिशाको घाँटी थिचेर हत्या गर्ने प्रयास गरेकी थिइन् । टुनिशाका तथाकथित मामा पवन शर्मा यसअघि टुनिशाका प्रबन्धक थिए तर अत्याधिक आर्थिक हस्तक्षेपका कारण उनलाई चार वर्षअघि टुुनिशाले बर्खास्त गरेकी थिइन् । टुुनिशाले आफ्नी आमाको अगाडि पैसा मागेकी थिइन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);