एउटै यूवकसँग प्रेम विवाह गर्न नपाएको निहुँमा दिदीबहिनीद्वारा आत्माहत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

एउटै यूवकसँग प्रेम विवाह गर्न नपाएको निहुँमा दिदीबहिनीद्वारा आत्माहत्या

श्याम गुप्ता
बारा । प्रेम गरेको यूवकसँग विवाह गर्न नपाएको निहुँमा जीतपुरसिमरा उपमहागरपालिका १८ पसाहटोलका दुई किशोरीले झुण्डीएर आत्म हत्या गरेका छन् ।

स्थानीय सीतामाया पाख्रिनकी १८ वर्षिया छोरी सम्झना र भिम बहादुर गोलेकी १५ वर्षकी सुस्मीताले एउटै रुखको एउटै हाँगामा सलको पाँसो लगाएर एक साथ आत्माहत्या गरेको पाईएको हो । दुबै किशोरी मामा फुफुका छोरी दिदिबहिनी भएको मृतक सम्झनाकी आमा सीतामायाले बताईन् ।

उनका अनुसार सम्झना शनिवार मात्रै सोही पालिकाको वडा नं।१७ जैतापुरका चौधरी थरका युवकसँग भागेर गएकी थिईन् । सोकुरा थाहा पाएर आफन्तले सोही साँझ दुबैलाई सम्झाउँदै सम्झनालाई फकाएर घर फिर्ता ल्याएका थिए ।

सम्झनालाई उनका आफन्तले फिर्ता ल्याए पछि चौधरी यूवकले समेत आफ्ना आफन्तलाई मर्ने धम्की दिएका थिए । दुबैले एक आर्का बिच छुट्टीएर बस्न नसक्ने बताए पछी दबावमा परेका दुबै पक्षका आफन्त उनीहरुको विवाह गरिदिने टुङ्गोमा पुगेका रहेछन् ।

चौधरी युवक र सम्झनाको विवाह गरिदिन दुबै पक्षका अविभावकका विच आईतवार कुराकानी चलिरहेको थियो । सोही क्रममा एकाएक आत्माहत्याको कुरा आयो मृतक सम्झनाकी आमा सीतामायाले सुनाईन् । अरु केही दोषी छैनन् । छोरीले बुद्धि विगारी उनले सुनाईन् ।

सम्झनाले त मनपराएको युवक नपाउँदा ज्यान फलिन होला तर सुस्मीताले किन त्यसो गरिन् रु भन्ने हाम्रो प्रश्नमा स्थानीय बनु पाख्रिनका अनुसार दुबै जनाले एकै यूवालाई मन पराएको हुँन सक्ने बताईन् ।

सम्झना र सुस्मीता दिदी बहिनी मात्रै नभएर असाध्यै मिल्ने साथी थिए । घाँस दाउरा गोठालोसँगै उनीहरुको गाँसबाँस समेत सँगै हुँन्थ्यो । मजाक गरेझैं उनीहरु एउटै केटासँग विवाह गर्ने , सँगै मर्ने , सँगै बाँच्ने कुरा गर्थे उनले सुनाईन् ।

किशोरीहरुले आत्माहत्या गर्नु पूर्व आफ्ना देब्रेहातमा आर प्लस एस भनि ब्लेडले लेखेको पाईएको छ ।

उनीहरुले दुबैले मन पराउँने केटाको नाम राहुल भएको र सोको अंग्रेजी पहिलो अक्षर आर र आफ्नों नामको पहिलो अक्षर एस लेखिएकाले दुबैले एकै युवकलाई मन पराएको हुँन सक्छ ।
सोही यूवकसँग विवाह गर्न परिवारले नदिएको झोकमा गलत कदम उठाएको हुँन सक्ने स्थानीय समेत रहेका वडा नं।१८ का वडा सदस्य कुमार लामाले बताए ।

आईतबार विहान घरमा खाना खाएर निस्किएका उनीहरुको विहान ११ः ०० बजे कोल्हवी नगरपालिका वडा नं।८ को काँठगाउँ नजिकै पिठारीको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको थिए ।

अशिक्षा , अज्ञानता र अल्लारे पनको उपज किशोरीहरुको आत्माहत्या भएको प्रारम्भीक अनुसन्धानले देखिएको बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम् मिश्रले जानकारी दिए ।

एकै यूवकसँगको प्रेममा रहेका उनीहरुलाई परिवारले कलिलै उमेरमा विवाह गर्न नहुँने भनि सम्झाएको पाईयो । सोही झोकमा उनीहरुले गलत बाटो रोजेको अनुसन्धानबाट बुझिन्छ । मिश्रले बताए ।

मृतक किशोरीहरुको शव जिल्ला अस्पताल कलैयामा शव परिक्षण गरि सोमवार शवलाई परिवारको जिम्मा लगाईएको प्रहरी प्रवक्ता मिश्रले जानकारी दिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);