आज मातातीर्थ औँसी, श्रद्धा, भक्तिसाथ आमाको सम्मान गर्दै आशीर्वाद थाप्ने प्रचलन | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

आज मातातीर्थ औँसी, श्रद्धा, भक्तिसाथ आमाको सम्मान गर्दै आशीर्वाद थाप्ने प्रचलन

काठमाडौं । आज मातातीर्थ औँसी श्रद्धा, भक्तिसाथ मनाइँदैछ ।

प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा आमाको मुख हेर्ने पर्व अर्थात मातातीर्थ औँसी मनाइन्छ ।

छोराछोरीले आफ्नी आमालाई राम्रा लुगा लगाउन र मीठा तथा तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । शास्त्रमा पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ ।

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंगत आमा र आमाले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

मातातीर्थ औँसी

वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादान सहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको छ ।

मातातीर्थ औँसीको अवसरमा चन्द्रागिरी नगरपालिकामा रहेको मातातीर्थ तथा देशका विभिन्न मठ मन्दिरमा मेला लाग्ने गरेपनि कोरोना संक्रमण तीब्र गतिमा फैलिदो रुपमा रहेको र विभिन्न जिल्लामा लगाइएको निशेषआज्ञाका कारण मेला भने लाग्ने छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);