आज मातातीर्थ औंसी, काठमाडौंको मातातीर्थमा विशेष मेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

आज मातातीर्थ औंसी, काठमाडौंको मातातीर्थमा विशेष मेला

आज मातातीर्थ औँसी, जन्म दिने आमालाई सम्मान गर्दै आमाको मुख हेर्ने चलन, काठमाडौंको मातातीर्थमा विशेष मेला

आज मातातीर्थ औंसी

काठमाडौं । आज मातातीर्थ औँसी, जन्म दिने आमालाई सम्मान गर्दै आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ । 

जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ ।

आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख छ ।

जीवित अथवा दिवङ्गत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम पर्व मानिन्छ ।

काठमाडौंको पश्चिमी भेगमा रहेको मातातीर्थमा आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको बुधबार बिहानैदेखि घुईंचो लागेको छ ।

बौद्ध धर्मावलम्बी समेत दिवङ्गत आमाको सम्झनामा श्राद्ध गर्न पुग्छन् । देशका बिभिन्न ठाउँबाट आएका दर्शनार्थीले मातातीर्थका धारामा स्नान गरी माताको मन्दिरमा पूजा गरेर कुण्डमा दिवङ्गत आमाको मुख हेर्ने गर्दछन् ।

दिवङ्गत आमाको सम्झनामा तर्पण, सिदा दान र पिण्ड दान गरी श्राद्ध गर्ने दर्शनार्थीको समेत भीड लाग्ने गर्दछ ।

आमा हुनेहरूले आज आमालाई मन पर्ने मीठा मीठा खानेकुरा र वस्त्र आमा लगायत गुरुआमा, सासु र काकीहरूलाई दिने र आशीर्वाद ग्रहण गर्छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);