आज वैशाख कृष्ण औंसी अर्थात आमाको मुख हेर्ने दिन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

आज वैशाख कृष्ण औंसी अर्थात आमाको मुख हेर्ने दिन

mata tirtha aausi

काठमाडौं, ३ बैशाख । आज वैशाख कृष्ण औंसी अर्थात आमाको मुख हेर्ने दिन । आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी औंसी मनाईंदै छ ।

यस वर्ष आमाको मुख हेर्ने औंसी सोमबार परेको छ । सोमबारे औंसीमा बिहान उठेर नबोली स्नान गरेमा सुख शान्ति पाइने धर्मशास्त्रमा उल्लेख छ । शास्त्रमा वैशाख कृष्ण औंसीको दिनलाई पण्डित, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशीर्वाद थाप्ने दिनका रूपमा व्याख्या गरिएको छ ।

वैशाख कृष्ण पक्ष औंसीको दिनलाई मातातीर्थ औंसी समेत भन्ने गरिएको छ । पर्वका अवसरमा काठमाडौंको थानकोटस्थित मातातीर्थमा मेला लागेको छ । आमा नहुने नरनारी बिहानै मातातीर्थ पुगेका छन् । मातातीर्थमा स्नान गरी विष्णु र शिवको पूजा गर्ने चलन छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);