बर्दियामा अक्सिजन बैंक स्थापना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बर्दियामा अक्सिजन बैंक स्थापना

दीपकलाल श्रेष्ठ,
बर्दिया
। ‘मेरो लागी अक्सिजनमा मेरो योगदान’ भन्ने उद्देश्यका साथ बर्दियामा अक्सिजन बैंकको शुभारम्भ गरिएको छ । जिल्लामा कोरोना सङ्क्रमणको अवस्था झनझन बढ्दै गएपछि बर्दियामा पनि अक्सिजनको माग दैनिक रुपमा अभाव हुदै आएको थियो।

बर्दिया जिल्लामा अक्सिजनको अभाव हुन नदिन तथा अभाव भएका सबै पालिकाको स्वास्थ्य कार्यालयहरुमा नेपाल सरकारले निर्धारण गरेको मापदण्ड बमोजिम तत्कालै अक्सिजन आपूर्ति गर्न सहजीकरण गर्ने उद्देश्यका साथ अक्सिजन बैंकको योजना ल्याइएको बर्दिया अक्सिजन बैंक संचालन समन्वय समितिका प्रमुख संयोजक भेषराज (भरत) पौडेलले बताए।

जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाको समन्वय, बर्दियाका निर्माण व्यवसायी, उद्योगी, व्यापारी, सङ्घसंस्था, समाजसेवी हरुको सक्रियतामा बर्दिया प्रशासन भित्र अक्सिजन बैङ्क स्थापना गरिएको र हाल सम्म १२ थान सिलिन्डर उपलब्ध रहेको संयोजक भेषराज ९भरत० पौडेलले जानकारी दिए ।

संक्रमणबाट विरामी भएकाहरुका लागि आवश्यक अक्सिजन सिलिन्डर निःशुल्क उपलब्ध गराउने पौडेलले भने ।

निर्माण व्यवसायी, उद्योगी, समाजसेवी र व्यापारि सबै मिलेर खोलिएको अक्सिजन बैंक एक उदाहरणीय कार्य रहेको जिल्ला प्रशासन कार्यालय बर्दियामा प्रशासनिक अधिकृत एवं सुचना अधिकारी नारायणप्रसाद ढकालले बताए। अक्सिजन बैंक मार्फत हामी कहाँ जम्मा गराएको अक्सिजन सिलिन्डर हरु जिल्लाका बिभिन्न पालिकाहरु खोलिएका स्वास्थ्य चौकिहरुमा कमि हुन आउने अक्सिजन को व्यवस्था का लागि अक्सिजन सिलिन्डर प्रयोग समेत ढकालले जानकारी दिए।

बर्दियामा २०७७ चैत्रको चौथो हप्ता पछि कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २७ पुग्दा आजको दिनमा १३ सय ४१ भन्दा बढी संक्रमित रहेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);