प्रधानमन्त्री ओलीद्वारा देश कै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलान्यास | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

प्रधानमन्त्री ओलीद्वारा देश कै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलान्यास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको आज भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन् ।

रुपन्देहीको सिमरहवामा स्थापित लिक्विड अक्सिजन प्लान्टको शिलान्यास पछि कार्यक्रमलाई प्रधानमन्त्रीनिवास बालुवाटारबाटै सम्बोधन गर्दै उनले कोभिड १९ महामारीको दोस्रो लहर सुरु भएपछि अक्सिजनको तीव्र अभाव व्यहोरेका नेपालका लागि प्लान्टको स्थापना असाधारण खुसीको विषय भएको बताएका छन् । कोभिड १९ सिर्जित विकट परिस्थितिले यस कार्यमा प्रेरित गरेको पनि प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्रीले भने–‘दोस्रो लहरले हामीलाई एक्कासी अक्सिजनको अभाव, सिलिन्डरको अभाव आदिले ग्रस्त बनायो । त्यति बेला हामीले महंगो मूल्य तिरेरै पनि अक्सिजन सिलिन्डर किन्यौं’ ।

अचानक बढेको उच्च मागलाई सम्बोधन गर्न त्यतिबेला देशमा उपलब्ध साधन स्रोत र संरचनासमेत अपर्याप्त भएपछि भारतबाट अक्सिजन आयातगर्ने लगायतका काम समेत गरिएको प्रधानमन्त्रीले उल्लेख गरे । त्यस अवस्थामा सरकारले देश भित्रै अक्सिजनको पर्याप्त उत्पादन गर्ने सोच राख्दै हरेक १ सय शैय्याभन्दा बढी भएका अस्पतालले अनिवार्य रुपमा आफैले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्था समेत ल्याएको प्रधानमन्त्रीले उल्लेख गरे । महामारीका समयमा त्यसबाट पनि नपुग्ने देखिएकोले लिक्वीड अक्सिजनप्लान्ट राख्ने निष्कर्षमा सरकार पुगेको प्रधानमन्त्रीले दिए ।

यसका साथै प्रधानमन्त्रीले कोरोनामहामारीबाट अभिभावकविहिन भएका बालबालिकलाई के गर्न सकिन्छ भन्नेमा विचार भइरहेको बताए । अक्सिजन प्लान्ट स्थापना र सञ्चालनलाई सफलपार्न सरकारकातर्फबाट भन्सार छुृट लगायतका सहयोग गर्न सरकार तयार रहेको पनि प्रधानमन्त्री ओलीले स्पष्ट पारे । आगामी दिनमा कोभिड १९ को महामारी हटिसके पछि अक्सिजन प्लान्टबाट उत्पादन हुने अधिक मात्राको अक्सिजन के गर्ने भन्ने प्रश्न उठ्न सक्ने बताउँदै उनले छिमेकी देश र औद्योगिक क्षेत्रमा आपूर्ति गर्न सकिने बताए ।

अक्सिजन प्लाण्टको स्थापना र अक्सिजनको उत्पादन पर्याप्त मात्रमा गर्न सकेमा व्यापार घाटाघटाउन समेत सहजहुने भनाई पनि प्रधानमन्त्रीको थियो । छिमेकी देशका आवश्यकता र औद्योगिककरणका लागि पनि अक्सिजनको खपत बढ्ने उनले उल्लेख गरे ।

रुपन्देहीको सिमरहवामा स्थापित यो प्लान्टबाटप्रतिदिनकुल ६० मेिट्रकटन उत्पादन हुन्छ । यसबाट सात हजार ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);