हिमाल चढ्न प्रयोग हुने अक्सिजन नै गुणस्तरहीन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

हिमाल चढ्न प्रयोग हुने अक्सिजन नै गुणस्तरहीन

oxygen

काठमाडौं, २६ जेठ । उच्च हिमाली क्षेत्रको आरोहण यसै पनि जोखिमपूर्ण हुन्छ । त्यसमाथि आरोहणमा जाँदा प्रयोग गरिने अक्सिजन गुणस्तरहीन भइदियो भने अवस्था कस्तो होला ? तर यहाँ भइरहेको छ यस्तै । हिमाल आरोहरणमा जाँदा प्रयोग गरिने अक्सिजन बिक्रीवितरणमा ठगी गर्ने गरेको पाइएको छ ।

उचाइमा लाग्ने ‘लिक्विड अक्सिजन’को सट्टा कम गुणस्तरका मेडिकल अक्सिजन प्रयोग गर्दै आरोहीसँग अधिक मूल्य लिइँदै आएको छ । मापदण्डबिना अक्सिजन कारोबार गर्ने कम्पनीसँग मिलेर ट्रेकिङ कम्पनीले आरोहीलाई लिक्विड अक्सिजनको सट्टा मेडिकल अक्सिजन सिलिन्डर प्रयोग गर्न लगाउने गरेको पाइएको छ ।

गुणस्तरहीन अक्सिजन प्रयोग गरी आरोहीसँग ट्रेकिङ कम्पनीहरूले चारदेखि पाँच सय डलरसम्म असुल गर्दै आएका छन् । मेडिकलमा पाइने सामान्य अक्सिजन हिमालमा प्रयोग गरिने लिक्विड अक्सिजनको बोतलमा भरेर ठगी गर्ने गरेको पाइएको हो । हिमालमा प्रयोग हुने लिक्विड अक्सिजनको ड्यू पोइन्ट मोइस्चर माइनस ६० डिग्री हुनुपर्छ । त्यो मेडिकल अक्सिजनमा नपाइने लिक्विड अक्सिजन व्यवसायी एवं एसडी ग्यासका प्रमुख डा. दिवश अमात्यले बताए । ‘हिमालको बाहिरी तापक्रम पनि चिसो हुँदा सिलिन्डरमा प्रेसर बढी भएर सीमित मात्रामा काम दिने भएका कारण आरोहीको जीवनमाथि नै एजेन्सीहरूले खेलवाड गर्दै आएका छन्’, एक आरोहीले नाम नबताउने सर्तमा भने । ६० प्रतिशतभन्दा बढी गुणस्तरहीन अक्सिजन प्रयोग गरेर ठगी हुने गरेको उनको दाबी छ । गुणस्तर नभएपछि अक्सिजनले ‘क्याम्प-२’ भन्दा माथि कामै नदिने गरेको उनको आरोप छ ।

लिक्विड अक्सिजनको मापदण्ड पूरा हुन माइनस १ सय ८३ डिग्री हुनुपर्ने डा. अमात्यले बताए । एसडी ग्यास कम्पनीले अहिले रसियन सर्भिस सेन्टरसँग सहकार्य गरेर ४० डलरमा लिक्विड अक्सिजन सिलिन्डर भर्दै आएको छ । तर ट्रेकिङ कम्पनीहरूले भने आरोहीलाई गुणस्तरहीन अक्सिजनकै लागि चारदेखि पाँच सय डलरसम्म असुल गर्दै आएका छन् । एक आरोहीले प्रयोग गरेको सिलिन्डर पुनः फर्काएर अर्को वर्ष आरोहीलाई बिक्री गरिँदै आएको छ । त्यसमा पनि राज्यले अनुगमन गर्न सकेको छैन ।

मापदण्डबिनाका पुराना सिलिन्डर प्रयोग गरेर आरोहीको स्वास्थ्यमाथि गम्भीर खेलवाड हुने गरे पनि नियमन नहुँदा बर्सेनि सयौं आरोहीले सास्ती खेप्न बाध्य छन् । विदेशीले आरोहणका क्रममा ल्याएका अक्सिजनका सिलिन्डर नै नेपालमा प्रयोग हुँदै आएका छन् । अहिले टोपआउट, पोइक्स, समिटलगायत नामका ६ हजारभन्दा बढी सिलिन्डर प्रयोगमा छन् । त्यसमा पनि तीन हजारभन्दा बढी २० वर्ष पुराना सिलिन्डर छन् ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);