औद्योगिक व्यवस्थापन लिमिटेडले अक्सिजन उत्पादन गर्नका लागि कम्पनीलाई पूर्वाधार उपलब्ध गराउने | ईमाउण्टेन समाचार

Our Network

असार ५ २०८३, शनिबार

औद्योगिक व्यवस्थापन लिमिटेडले अक्सिजन उत्पादन गर्नका लागि कम्पनीलाई पूर्वाधार उपलब्ध गराउने

काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले अक्सिजन उत्पादन गर्नका लागि कम्पनीहरुलाई जग्गा लगायतका पूर्वाधार उपलब्ध गराउने बताएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले मंगलबार पत्रकारसँग कुरा गर्दै कुनै कम्पनी अक्सिजन उत्पादनका लागि आए औद्योगिक क्षेत्रको जग्गा, विद्युत, पानि लगायतका पूर्वाधार उपलब्ध गराउने तथा नियमावली छोट्याएर भएपनि उद्योगलाई काम गर्न सहज बनाइदिने बताए । नेपालमा अब अक्सिजन सिलिन्डरको अभाव नहुने भएकाले र माग अनुसारको अक्सिजन उत्पादन गर्न आवश्यक रहेको बताए ।

अध्यक्ष बस्नेतले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले लगानीकर्ता ब्याबसायीले लिमिटेडको जग्गा रहेको हेटौंडा, मोतिपुर, नेपालगञ्ज, सुदूरपश्चिम लगायतका ठाउँमा अक्सिजन उत्पादनको प्लान्ट राख्न सहजीकरण गर्ने बताए । उनले भने – ‘औद्योगिक क्षेत्रको जहाँ जहाँ जग्गा छ । लामो भएको नियमावली छोट्याएर छिटोभन्दा छिटो जग्गा, पानि, बिजुली सबै हामि व्यवस्था गर्छौ ।’

अध्यक्ष बस्नेतले केही कम्पनीहरुसँग कुराकानी भइरहेको पनि जानकारी दिए । उनले अहिले भईरहेका अक्सिजन प्लान्टले आवश्यकताको पुर्ति गर्न नसकेको भन्दै उहाँले प्लान्टको क्यापिसिटी वृद्धि गर्नुपर्ने पनि बताए । अक्सिजन अभावको परिपुर्तिको लागि अब छिमेकी मुलुक चीन र भारतबाट लिक्विड अक्सिजन ल्याउन आवश्यक रहेको बताए । उनले भने – ‘अक्सिजन प्लान्टको क्यापिसिटी वृद्धि गर्नुप¥यो । सबै अक्सिजन प्लान्ट फुल फेजमा चलेको छ । अब यसबाट सम्भव छैन । अब सम्भव एउटै मात्रै छ, हामीले लिक्विड अक्सिजन ल्याउने र सिधै भर्ने । लिक्विड अक्सिजन अब नेपालमा सप्लाई गरेर ज–जसले लिक्विड ट्यांक राख्नुभएको छ । उहाँहरुबाट लिक्विड अक्सिजन सप्लाई ग¥यौँ भने सहज हुन्छ । अक्सिजनको अभाव हटाउन तत्काल एक हप्ताभित्रमा लिक्विड अक्सिजन भारत÷चिनबाट ल्याएर मात्र समस्या समाधान हुन्छ ।’

अध्यक्ष बस्नेतले १५ दिन भित्र बालाजु औद्योगिक क्षेत्रमा ५० किलोलिटर क्षमताको लिक्विड अक्सिजन ट्यांक राखिने पनि बताए । अक्सिजन लिक्विडको व्यवस्थापन र अक्सिजन प्लान्टको क्षमता बढाइने पनि उनले बताए ।

Leave a Reply