मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अधिग्रहण गर्न मानिसहरुको भिड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अधिग्रहण गर्न मानिसहरुको भिड

विमल क्षेत्री
बुटवल ।
रुपन्देहीमा बन्ने मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अधिग्रहरणको लागि दिनँहु मानिसहरु जम्मा हुन थालेका छन् । औद्योगिक क्षेत्रमा जग्गा पाईने हल्ला चलेपछि ठाउँ ठाउँका मानिसहरु आएर जग्गा कब्जा गर्ने कोसिस गरेका छन् । यस्तो अवस्था नियन्त्रण गर्न स्थानिय सरकारदेखि प्रशासन कार्यालयले चासो दिएको छ ।

औद्योगिक क्षेत्रको जग्गा पाईन्छ भन्ने हल्ला सुनेपछि शनिबारदेखि यँहा मानिसहरुको भिड नै लागेको छ । आफ्नो जग्गा हो भन्दै उनीहरुले घेरा लगाउन थालेका छन् । यँहा भैरहवा लगाएत अन्य जिल्ला सम्मका मानिसहरु जग्गा पाईने थाहा पाएपछि कब्जा गर्नको लागि आएका छन् ।

यो थाहा पाएपछि प्रहरीले उनीहरुलाई लखेटेको छ । तर उनीहरुले मोतीपुर भने छाडेका छैनन् । आज पनि दिनभर उनीहरुले जग्गा कब्जा गर्ने कोसिस गरे ।

बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले मोतिपुरमा बसिरहेका र संघर्ष गरिरहेका नभई अन्यत्रबाट आएर कब्जा गर्न खोजेको बताएको छ । यतिबेला सरकारले लालपुर्जा बाँड्नको लागि भन्दै सुकुम्बासी जग्गाको लगत संकलन गरिरहेको छ । उनीहरु पनि त्यही जग्गा पाईने आशमा आएको हुनु पर्ने स्थानीय सरकारको बुझाई छ ।

मोतीपुरमा जग्गा अधिग्रहरणको लागि मानिसहरु आएको थाहा पाएपछि प्रहरीको सहयोगले हटाईएको बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले बताईन् ।

अहिलेको अवस्थामा पनि सुकुम्बासीको नाममा जग्गा कब्जा गर्नु गलत भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मोतीपुर औद्योगिक क्षेत्रजस्तो महत्वपूर्ण क्षेत्र बन्न लागेकोले सबैले यसलाई सहयोग गर्नुपर्ने प्रशासनको भनाई छ ।

नयाँगाउँ , बेलवास, गोलपार्क, बुद्धनगर,मजुवा,दिपनगर, भैरहवा लगायतका अन्य जिल्लाबाट समेत आएका मानिसहरुले मोतीपुर करिडोरको बि ब्लकको जग्गामा चुना र डोरीले घेरा हालेर प्लटिङ गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);