जबरजस्ती करणी गरी हत्या गर्ने व्यक्ति पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जबरजस्ती करणी गरी हत्या गर्ने व्यक्ति पक्राउ

सुमन रायामाझी

उदयपुर । महिलालाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा उदयपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर रौतामाई गाउँपालिकाा ७ निवासी राजु आछामे रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

गएको शुक्रबार उदयपुरको रौतामाई गाउँपालिका ७ नवज्योति सामुदायिक वनको हिले खोल्सी शिरमा महिलाको चुरा पोते सहितको मानव कंकाल फेला परे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

जानकार पश्चात बिशेष अनुसन्धान टोलीले घटनास्थलमा अनुसन्धान गर्दा सो मानव कंकाल मुर्कुची, सुकौरा, राजाबास, अधेरी क्षेत्रमा मागी खाई हिड्ने (मानसिक सन्तुलन गुमाएकी) २६ वर्षीय महिलाको भएको प्रहरीले बताएको छ ।

अनुसन्धानको क्रममा आछामेले मृतक महिलालाई गएको चैत ११ गते बेलुकीको समयमा नवज्योति सामुदायिक वन तर्फ जबजस्ती तान्दै लगी जबरजस्ती करणी गरी टाउकोमा ढुङ्गाले प्रहार गरी हत्या गरेको खुलेको प्रहरीको भनाई छ । घटनास्थलमा हत्यामा प्रयोग भएको ढंगा र आछामेको टोपी समेत फेला परेको छ ।

आछामेलाई पक्राउ गरी कानुनी कारबाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);