नारायणी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

नारायणी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा कोरोना भाईरस संक्रमित एक महिलाको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका–१० की ५१ वर्षीया महिलाको आज दिउँसो १ः४० बजे कारोनाबाट मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए । ती महिलानमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

खोकी , ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार नै राति साढे ८ बजे उपचारको लागि उनलाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो।

पछिल्लो समयमा तराईका अधिकाँस जिल्लाहरुमा संक्रमण बढ्दै गएको छ भने मृत्युदर पनि उच्च हुँदै गएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);