संक्रमणका कारण वीरगञ्जमा ४२ वर्षीय महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

संक्रमणका कारण वीरगञ्जमा ४२ वर्षीय महिलाको मृत्यु

वीरगञ्ज । कोरोना भाइरस संक्रमणका कारण वीरगञ्जमा थप एकको मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका ४२ वर्षीय महिलाको संक्रमणका कारण मृत्यु भएको हो । उनको आज बिहान ८ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएर चैत्र २९ गते आइतबार राति ८ बजे अस्पताल भर्ना भएकी वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैया निवासी महिलाको ३ दिनको उपचारपछि मृत्यु भएको छ ।

अस्पताल भर्ना भएकै दिन उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले बताए ।

डा. दासका अनुसार सुरुको दिन देखिनै उनको स्वास्थ्य अवस्था चिन्ताजनक थियो । उनको अस्पतालमा रहेको कोभिड आईसीयू भित्र अक्सिजन सपोर्टमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको डा. दासले जानकरी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);