पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगञ्ज । पर्सामा फेरि एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत एकजना वृद्ध पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ निवासी ५७ वर्षीय वृद्ध रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।

वृद्धको मंगलबार (आज) बिहान १२ बजेर ४८ मिनेटमा उपचारका क्रममा मृत्यु भएको डा. दासले बताए ।

भारतबाट आएका उनी स्वास्थ्यमा समस्या देखिए पछि ०७७ चैत २८ गते नारायणी अस्पताल भर्ना भएका थिए ।

डा. दासका अनुसार भर्ना भए पश्चात् वृद्धमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिए पछि उनको थ्रोट स्वाबलाई आरटी–पीसीआर प्रविधिबाट परीक्षण गर्दा सोही दिन संक्रमण पुष्टि भएको थियो ।

लामो समयदेखि मुटु सम्बन्धी रोगबाट पीडित उनको अस्पतालमा रहेको आइसीयू वार्डमा अक्सिजन सपोर्टमा राखेर उपचार गर्दा गर्दै मृत्यु भएको डा. दासले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);