नारायणी अस्पतालमा एक कोरोना संक्रमितकाे मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नारायणी अस्पतालमा एक कोरोना संक्रमितकाे मृत्यु

Dead body

वीरगञ्ज । वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचार रत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। विगत पाँच दिनदेखि अस्पतालमा उपचार गराइरहेकी ६१ वर्षीय महिलाको संक्रमण कारण मृत्यु भएको हो।

उनको आज बिहान सवा १ बजे मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकरी दिए। मृतक महिला वीरगञ्जन नर्सिङ क्याम्पसमा कार्यरत रहेको अस्पताल स्रोतले जनाएको छ।

स्रोत अनुसार उनी नर्सिङ क्याम्पसमा भान्सेको रुपमा कार्यरत थिइन। बैशाख ३ गते कोरोना पुष्टि भएकी उनलाई ५ गते अस्पताल भर्ना गरिएको थियो। कडा किसिमको निमोनियासहित उनलाई श्वासप्रश्वासमा समेत समस्या भएपछि अस्पताल भर्ना गरिएको डा. दासले बताए।

डा. दासका अनुसार महिलालाई अस्पताल स्थित कोभिड अईसियूमा अक्सिजन सपोर्टमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको थियो। चैत अन्तिम सातादेखि पर्सामा बढ्दो कोरोनाका कारण अहिलेसम्म ७ जनाले आफ्नो ज्यान गुमईसकेका छन् भने ३ सय भन्दा बढी संक्रमित भएका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);