पर्सामा एक कोरोना संक्रमितको हृदयघातबाट मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पर्सामा एक कोरोना संक्रमितको हृदयघातबाट मृत्यु

पर्सा । वीरगञ्जमा एक कोरोना संक्रमितको हृदयघातबाट मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचार गराइरहेका पुरुषको सोमबार बिहानै कोरोना संक्रमणका कारण भएको निमोनियाले फोक्सोमा असर पारेपछि हृदयघातबाट मृत्यु भएको अस्पतालले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ आदर्शनगर निवासी ६० वर्षीय वृद्धको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए । यस्तै बैशाख २ गते कोरोना पुष्टि भएर ३ गते नारायणी अस्पताल भर्ना भएका वृद्ध दिर्घ रोगी थिए ।

उनको आज बिहान साढे ९ बजे अस्पतालको अईसीयूमा उपचारका क्रममा मृत्यु भएको डा. दासले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);