नारायणी अस्पतालमा मंगलबार बिहानै दुई संक्रमित महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नारायणी अस्पतालमा मंगलबार बिहानै दुई संक्रमित महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्जमा मंगलबार बिहानै दुई महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

नारायणी अस्पतालमा उपचाररत दुबै महिलाको मंगलबार बिहान करिब ३ बजेको आसपतासमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सिया निवासी ६५ वर्षीय महिला र बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरा निवासी ४० वर्षीय महिला रहेका छन् ।

दुवै संक्रमितमा गम्भीर किसीमको निमोनिया देखिएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकरी दिए । उनीहरुको मृत्यु पनि निमोनियाका कारण फोक्सोमा समस्या भएपछि श्वासप्रश्वासको कमीले भएको डा. दासले बताए ।

वीरगञ्जकी महिलालाई बैशाख ९ गते स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । सोही दिन उनको पीसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको डा. दासले बताए । गम्भीर अवस्थामा रहेकी उनको अस्पतालस्थित आइसियू वार्डमा अक्सिजन सपोर्टमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको थियो ।

त्यसैगरी सिमराको महिलालाई पनि बैशाख ९ गते नै स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो र सोही दिन उनको थ्रोट स्वाबलाई पीसीआर प्रविधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको डा. दासले जानकरी दिए । उनको पनि अस्पतालको अईसियू वार्डमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको डा. दासले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);