नारायणी अस्पतालमा थप तीन संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नारायणी अस्पतालमा थप तीन संक्रमितको मृत्यु

नितेश कर्ण
वीरगञ्ज ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साको वीरगञ्जकी दुई महिला र बाराको जीतपुरसिमराका एक पुरुष रहेका छन् ।

गत मंगलबार भर्ना भएर उपचाररत वीरगञ्ज महानगरपालिका–३ निवासी ४७ वर्षकी महिलाको मृत्यु भएको हो भने वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी ४८ वर्षकी महिलाको पनि उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको कोभिड संयोजक डा. सरोज रोसन दासले बताए ।

यस्तै बाराको जीतपुर सिमरा उप महानगरपालिका–२४ निवासी ७७ वर्षका वृद्धको पनि उपचारको क्रममा मृत्यु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);