उपत्यकामा जारी निषेधाज्ञाको आज दोस्रो दिन, बिहानैदेखि सडक सुनसान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

उपत्यकामा जारी निषेधाज्ञाको आज दोस्रो दिन, बिहानैदेखि सडक सुनसान

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै उपत्यकमा बिहीबारदेखि जारी निषेधाज्ञाको आज दोस्रो दिन ।

कोरोनाको चेन ब्रेक गर्न कम्तिमा दुई साता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै लागू भएको निषेधाज्ञाका कारण आजपनि बिहानैदेखि काठमाडौं उपत्यकका सुनसान छ ।

दुई सातासम्म जारी रहने निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा बाहेकका यातायातका साधान बन्द गरिएका छन्। अत्यावश्यक परेका बाहेक अन्यलाई जथाभावी हिडडुल गर्न पनि रोक लगाइरहेको छ ।

तर अटेर गरेर सडकमा निस्कनेहरुलाई प्रहरीले नियन्त्रणमा लिएर सम्झाइ बुझाइसमेत गरेको छ । त्यस्तै, खाद्यान्न र औषधि पसलबाहेक सबै पसल बन्द रहेका छन् भने शैक्षिक संस्था पनि बन्द रहेका छन् ।

सभा, समारोह, भेला, गोष्ठ गर्न पनि रोक लगाएको छ । विवाह, व्रतबन्ध र अन्तिम संस्कार गर्न भने छुट दिइएको छ । विवाहमा पनि १५ जनाभन्दा बढी सहभागी हुन पाइने छैन । निषेधाज्ञा उल्लंघन गरे कानुनबमोजिम कारबाही हुनेछ ।

संक्रामक रोग ऐन, २०२० अनुसार आदेश पालना नगरेमा एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुन सक्छ ।

यसैगरी स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रशासनको आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच सय रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय दिन सक्ने अधिकारको व्यवस्था गरिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);