आजदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू, उल्लंघन गर्नेहरु प्रहरीको नियन्त्रणमा (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

आजदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू, उल्लंघन गर्नेहरु प्रहरीको नियन्त्रणमा (फोटोफिचर)

काठमाडौं । कोरोनाभाइरसको संक्रमण बढेपछि आज बिहान ६ बाट काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भएको छ ।

मन्त्रिपरिषद्को बैठकले कोरोनाको चेन ब्रेक गर्न कम्तिमा दुई साता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै लागू भएको निषेधाज्ञाका कारण बिहानैदेखि काठमाडौं उपत्यका सुनसान बनेको छ ।

आज बिहान ६ बजेदेखि लागूको गरेको निषेधाज्ञा दुई सातासम्म जारी रहनेछ । निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा बाहेकका यात्रायातका साधान बन्द भएका छन् ।

सभा, समारोह, भेला, गोष्ठ गर्न पनि रोक लगाएको छ । विवाह, व्रतबन्ध र अन्तिम संस्कार गर्न भने छुट दिइएको छ । विवाहमा पनि १५ जनाभन्दा बढी सहभागी हुन पाइने छैन ।

निषेधाज्ञा उल्लंघन गरे कानुनबमोजिम कारबाही हुनेछ । संक्रामक रोग ऐन, २०२० अनुसार आदेश पालना नगरेमा एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुनसक्छ ।

अत्यावश्यक परेका बाहेक अन्यलाई जथाभावी हिडडुल गर्न बपनि रोक लगाइएको छ तर अटेर गरेर सडकमा निस्कनेहरुलाई प्रहरीले नियन्त्रणमा लिएर सम्झाइ बुझाइसमेत गरेको पाइन्छ । त्यस्तै, खाद्यान्न र औषधि पसलबाहेक सबै पसल बन्द रहेका छन् भने शैक्षिक संस्था पनि बन्द रहेका छन् ।

यसैगरी स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रशासनको आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच सय रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय दिन सक्ने अधिकारको व्यवस्था गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);