काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको आज तेस्रो दिन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको आज तेस्रो दिन

काठमाडौँ। कोरोना भाइरसको संक्रमण बढेसँगै उपत्यकामा बिहीबारदेखि जारी निषेधाज्ञाको शनिबार तेस्रो दिन ।

कोरोनाको चेन ब्रेक गर्न कम्तिमा दुई साता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै लागू भएको निषेधाज्ञाका कारण शनिबार पनि बिहानैदेखि काठमाडौं उपत्यकका सुनसान रह्यो ।

अत्यावश्यक बाहेकका सवारी साधन नगुडेको कारण उपत्यकाका सडक सुनसान भएका हुन् । निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा बाहेकका यातायातका साधान बन्द गरिएका छन्।

अत्यावश्यक परेका बाहेक अन्यलाई जथाभावी हिडडुल गर्न पनि रोक लगाइरहेको छ । तर अटेर गरेर सडकमा निस्कनेहरुलाई प्रहरीले नियन्त्रणमा लिएर सम्झाइ बुझाइसमेत गरेको छ ।

त्यस्तै, खाद्यान्न र औषधि पसलबाहेक सबै पसल बन्द रहेका छन् भने शैक्षिक संस्था पनि बन्द रहेका छन् । सभा, समारोह, भेला, गोष्ठ गर्न पनि रोक लगाएको छ । विवाह, व्रतबन्ध र अन्तिम संस्कार गर्न भने छुट दिइएको छ ।

विवाहमा पनि १५ जनाभन्दा बढी सहभागी हुन पाइने छैन । निषेधाज्ञा उल्लंघन गरे कानुनबमोजिम कारबाही हुनेछ । संक्रामक रोग ऐन, २०२० अनुसार आदेश पालना नगरेमा एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुनसक्छ ।

यसैगरी स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रशासनको आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच सय रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय दिन सक्ने अधिकारको व्यवस्था गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);