हेटौंडा उपमहानगरपालिका क्षेत्रमा आंशीक लकडाउन लागू | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

हेटौंडा उपमहानगरपालिका क्षेत्रमा आंशीक लकडाउन लागू

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट हेटौंडा उपमहानगरपालिका क्षेत्रमा आंशीक लकडाउन लागू गरेको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको शुक्रबार बसेको बैठकले पछिल्लो समय हेटौंडा बजार क्षेत्रमा कोरोना संक्रमितहरुको संख्या वृद्धि हुन थालेपछि हेटौंडा उपमहानगरपालिका क्षेत्रमा आंशीक लकडाउन लागू गर्ने निर्णय गरेको हो ।

बैठकले संक्रमण फैलिनसक्ने जोखिमलाई मध्यनजर गर्दै शनिबार देखि लागू हुने गरी हेटौडा उपमहानगरपालिका क्षेत्रमा रहेका सम्पूर्ण होटल, लज, रेष्टुरेन्ट, मिठाई पसल तथा चिया पसलहरू बन्द गर्ने निर्णय गरेको छ ।

यस्तै हेटौडाका सम्पूर्ण निजी अस्पतालहरूले आआफ्नो अस्पतालमा ज्वरो क्लिनिक सञ्चालन गर्ने र आवश्यक पर्ने स्वास्थ्यकर्मीहरू आलोपालो उपलब्ध गराउनु पर्ने निर्णय समेत गरेको छ।

त्यसैगरी हेटौडा बजार क्षेत्रमा भिडभाडलाई नियन्त्रण एवं व्यवस्थापन गर्न व्यवसायको दिन तोकेर आलोपालो प्रणाली लागू गराउन मकवानपुर उद्योग वाणिज्य संघले व्यवस्थापन गर्ने गराउने निर्णय पनि भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);