हेटौंडामा कारको ठक्करले मोटरसाइकल चालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

हेटौंडामा कारको ठक्करले मोटरसाइकल चालकको मृत्यु

हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ पशुपतिनगरमा सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

रातोमाटेबाट हेटौंडा बजार तर्फ आउँदै गरेको ना ३८ प ९३६१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको बा ८ च २९५३ नम्बरको कारले ठक्करले दिंदा मोटरसाइकलका चालकको मृत्यु भएको हो ।

कारको ठक्करपछि गम्भीर घाइते भएका चालकलाई उपचारको क्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित नवलपुरमा रहेको चुरेहिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले बताएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बारा जिल्ला महागढीमाई नगरपालिका वडा नम्बर ४ का सन्जय कुमार शुक्ला रहेको जनाएको छ ।

त्यसैगरी मोटरसाइकलको पछाडी सवार नवलपरासीको कावासोती नगरपालिका बस्ने ३३ वर्षीय ज्योति अर्याल सामान्य घाइते भएकी छन् । घाइते अर्यालको पनि चुरोहिल अस्पताल मै उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले बताएको छ ।

ठक्कर दिने कार प्रहरी नियन्त्रणमा रहेको र कार चालक फरार रहेको र खोजतलास सुरु गरिएको मकवानपुर प्रहरीले बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);