त्रिशुली दुर्घटनाका घाइतेमध्ये एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

त्रिशुली दुर्घटनाका घाइतेमध्ये एकको मृत्यु

राजेनद्र आचार्य
२७ बैशाख चितवन ।
इच्छाकामना गाउँपालिकाको वडा नम्बर ४ लेवाटारस्थित पृथ्वी राजमार्गबाट त्रिशुली नदीमा मालबाहक ट्रक खस्दा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका हेटौंडा उपमहानगरपालिकाका अन्दाजी

त्रिशुली दुर्घटनाका घाइतेमध्ये एकको मृत्यु

राजेनद्र आचार्य २७ बैशाख चितवन ।

इच्छाकामना गाउँपालिकाको वडा नम्बर ४ लेवाटारस्थित पृथ्वी राजमार्गबाट त्रिशुली नदीमा मालबाहक ट्रक खस्दा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका हेटौंडा उपमहानगरपालिकाका अन्दाजी २२ वर्षका सुरज श्रेष्ठको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । काठमाडौँबाट हेटौंडाका लागि छुटेको ना५ख ९९४६ नम्बरको मालवाहक ट्रक तीब्र गतिका कारण अनियन्त्रित भई बुधबार बिहान करिब ७ बजे सडकबाट करिब ६० मिटर तल त्रिशुली नदीमा खसेको थियो ।

 

ट्रकमा यात्रा गरिरहेका हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ घर भएका अन्दाजी २२ वर्षका सुरज श्रेष्ठको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाका अर्का घाइते हेटौंडाका २२ वर्षीय सोनाम लामाको अवस्था भने खतरामुक्त रहेकाले सामान्य अवस्थामै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनामा परेको ट्रकका चालक निशान लामाको अवस्था भने अज्ञात रहेको प्रहरीले बताएको छ ।

 

दुर्घटनामा ट्रकको अधिकांश भाग पानीमा डुबेकाले लामाको अवस्था यसै भन्न नसकिने भन्दै लामाको खोजी भइरहेको प्रहरीले बताएको छ । दुर्घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय मुग्लिङबाट प्रहरी निरीक्षक योगेन्द्र हमाल नेतृत्वमा नेपाल प्रहरीका ११ जना र सशस्त्र प्रहरी बेसक्याम्प कुरिनटारबाट २० जना सुरक्षाकर्मी उद्धारका लागि खटिएका छन् । दुर्घटनामा परेको ट्रकको माथिल्लो भागमात्रै बाहिर देखिएकोले उद्धारमा समस्या आएको प्रहरीले बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);