करेन्ट लागेर बाराको जीतपुरमा एक जना युवकको मृत्यू | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

करेन्ट लागेर बाराको जीतपुरमा एक जना युवकको मृत्यू

श्याम गुप्ता, १० जेष्ठ बारा ।
करेन्ट लागेर बाराको जीतपुरमा एक जना युवकको ज्यान गएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.५ खालका टोला स्थित श्रीसिया खोलामा करेन्ट प्रवाह भएर ती युवकको गएराती आठ बजे मृत्यू भएको हो ।

करेन्ट लागेर बाराको जीतपुरमा एक जना युवकको मृत्यू

 

श्याम गुप्ता, १० जेष्ठ बारा ।

करेन्ट लागेर बाराको जीतपुरमा एक जना युवकको ज्यान गएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.५ खालका टोला स्थित श्रीसिया खोलामा करेन्ट प्रवाह भएर ती युवकको गएराती आठ बजे मृत्यू भएको हो । मृत्यू हुँनेमा स्थानीय मन्जुर राउत कुर्मीका १९ बर्षिय छोरा मुना राउत कुर्मी रहेका छन् । उनी दैनिक ज्यालादारी गरेर घरपरिवारको जिविको पार्जन गर्ने युवक थिए । मंगलवार राती करिब आठ बजेको समयमा दैनिक ज्यालादारीको काम गरेर आफ्नों घर फर्किदै गरेको र बाटोमा खोला रहेकोले खोला तर्ने क्रममा करेन्ट लागेर घटना स्थल मैं उनको मृत्यू भएको थियो ।

 

यता उनलाई करेन्ट लागेको विषयमा स्थानीयहरुले ईलाका प्रहरी कार्यालय जीतपुरमा मोबाईल मार्फत जानकारी गए पछि त्याहाँ गएको प्रहरी टोलीले नेपाल विद्युत प्राधिकरणमा जानकारी गराएर लाईन काट्न लगाए पछि स्थिति सामान्य भएको भएको थियो । विद्युत प्राधिकरणले एडभान्स् सिमेन्ट उद्योगलाई वितरण गरेको एघार हजार भोल्ट करेन्ट भएको तार टुटेर श्रीसिया खोलामा खसे पछि खोलामा करेन्ट प्रवाह भएको हो । प्रत्यक्षदर्शीहरुका अनुसार विगत १५ दिन देखि सो तारमा सर्ट सर्किट हुँने र तारमा आगो बल्ने विषयमा स्थानीयहरुले पटक पटक विद्युत प्राधिकरणमा जानकारी गराईएपनि प्राधिकरण बेवास्ता गरेकोले अहिले तार तुटेर खोलामा विद्युत प्रवाह भएको र ती युवकको अकाल मैं मृत्यू भएको बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);