कहिले बन्ला कानुन ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कहिले बन्ला कानुन ?

१२ जेठ, काठमाडौं । व्यवस्थापिका संसद अन्तर्गतको राज्य व्यवस्था समितिले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन आवश्यक सबै कानुन निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउने तयारी गरेको छ ।

कहिले बन्ला कानुन ?

१२ जेठ, काठमाडौं । व्यवस्थापिका संसद अन्तर्गतको राज्य व्यवस्था समितिले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन आवश्यक सबै कानुन निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउने तयारी गरेको छ ।

राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले मुलुक स्वशासनतर्फ उन्मुख भएको उल्लेख गर्दै त्यसका लागि आवश्यक कानुनको प्रबन्ध गर्न समितिले तीव्र गतिमा काम गर्ने बताउनु भएको हो ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्थानीय तहको कामलाई विश्वसनीय ढंगमा सम्पादन गर्ने कर्मचारीहरुको भूमिका महत्वपूर्ण हुने पनि स्पष्ट पार्नु भयो । उहाँले कर्मचारीहरुले आ– आफना अनुभवलाई स्थानीय तहको व्यवस्थापनमा लगाउनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

सभापति घर्तीले ठूलो परिवर्तनपछि प्राप्त उपलब्धिलाई संस्थागत गरेर जानु राज्यका सबै निकायको मुख्य कार्यभार भएको पनि उल्लेख गर्नु भयो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);