पुनर्निर्माणको काममा स्थानीय तहलाई जिम्मेवार बनाउन कार्यविधि तयार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

पुनर्निर्माणको काममा स्थानीय तहलाई जिम्मेवार बनाउन कार्यविधि तयार

१७ जेठ, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको काममा स्थानीय तहलाई जिम्मेवार बनाउन कार्यविधि तयार पारेको छ ।

पुनर्निर्माणको काममा स्थानीय तहलाई जिम्मेवार बनाउन कार्यविधि तयार

१७ जेठ, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको काममा स्थानीय तहलाई जिम्मेवार बनाउन कार्यविधि तयार पारेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर गोविन्द पोखरेलले स्थानीय तहलाई जिम्मेवार बनाएर पुनर्निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउन कार्यविधि तय गरिएको जानकारी दिनु भएको हो ।

बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उहाँले स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएर आउनु पुनर्निर्माणका लागि सुनौलो अवसर भएको पनि स्पष्ट पार्नु भयो । प्रमुख कार्यकारी अधिकृत पोखरेलले पुनर्निर्माणका लागि स्थानीय तहलाई प्राधिकरणले पनि साधन र स्रोत उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्राधिकरणले सेवाग्राहीको गुनासो सुनुवाई गर्न बुधबारदेखि टोल फ्रि नम्बरको पनि व्यवस्था गरेको छ । १६६००१७२००० नम्बरमा डायल गरी पुनर्निर्माणका लागि आवश्यक सबै खालको जानकारी दिने व्यवस्थासहितको सेवा संचालनमा ल्याएको हो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);