स्थानीय तहले लाभग्राहीहरुको झुटो विवरण दिने गरेको प्राधिकरणको गुनासो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

स्थानीय तहले लाभग्राहीहरुको झुटो विवरण दिने गरेको प्राधिकरणको गुनासो

sushil gyawali

काठमाडौं, ६ मंसिर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानीय तहले लाभग्राहीहरुको झुटो विवरण दिने गरेको गुनासो गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्थानीय तहले बास्तविक लाभग्राहीलाई आवास निर्माणका लागि सिफारिस नगरेको गुनासो गर्नु भएको हो ।

उहाँले शुक्रबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा स्थानीय तहको कारण वास्तविक लाभग्राहीहरुको पहिचान गर्न समस्या परेकाले भूकम्पले ध्वस्त बनाएका आवास पुनर्निर्माणको काममा जटिलता थपिएको पनि स्पष्ट पार्नु भयो ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जनप्रतिनिधिमूलक निकाय स्थानीय तहले गुनासो सुनुवाईको क्रममा लाभग्राहीहरुको झूटो विवरण प्राधिकरणलाई सिफारिस गरेकाले निजी आवास पुनर्निर्माणको काममा ढिलाई हुन गएको पनि स्पष्टिकरण पनि दिनु भयो ।

प्राधिकरणले आगामी पुस मसान्त भित्र निजी आवास पुनर्निर्माणका लागि भरिएका बाँकि गुनासोहरुको सम्बोधन गर्ने कार्य योजनाका साथ काम भईरहेको पनि जनाएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ५० जना प्राविधिकहरुलाई गुनासो सुनुवाईको काम सम्पन्न गर्न परिचालन गरिएको पनि स्पष्ट पार्नु भयो ।

प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार १ लाख ९९ जना गुनासो भरेका लाभग्राहीहरुको गुनासो सम्बोधन भईसकेको छ । प्राधिकरणले १४ प्रतिशत लाभग्राहीहरुको निजी आवास पुनर्निर्माणको काम सुरु गर्न बाँकि रहेको जानकारी पनि समितिलाई दिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);