काठमाडौं ।
नेपाली काँग्रेसका सांसद कृष्णबहादुर रोकायाले जाजरकोट केन्द्रबिन्दु भइ गएको भूकम्प प्रभावित जिल्लामा तत्काल पुनर्निर्माणको कार्य शुरु गर्न सरकारसमक्ष माग गर्नुभएको छ । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले भूकम्प गएको साढे दुई वर्षसम्म पनि पुनर्निमाणको कार्य अघि बढ्न नसक्नु अत्यन्त दुःखद् भएको बताउनु भयो ।
उहाँले सरकारले अगामी आर्थिक वर्षको बजेटमा समेत भूकम्पपछिको पुनर्निर्माणको लागि आवश्यक बजेट विनियोजन नगरेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा पुनर्निमाणको लागि करिव २२ अर्ब लागत लाग्ने अनुमान गरिएको उल्लेख गर्दै स्रोतको सुनिश्चितता गर्न समेत सरकारको ध्यानाकर्षण गराउनु भयो । प्रभावित जिल्लाहरुको विस्तृत क्षति आकलन (डीडीए) सम्पन्न गरी वडाहरुले विवरण पठाइसकेको भएपनि पुनर्निर्माणले गति लिन सकेको छैन ।




