स्थानीय तहलाई वित्तिय स्रोत हस्तान्तरण गर्न बजेट सफलः अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८१, सोमबार

स्थानीय तहलाई वित्तिय स्रोत हस्तान्तरण गर्न बजेट सफलः अर्थमन्त्री

१६ जेठ, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले स्थानीय तहलाई वित्तिय स्रोत हस्तान्तरण गर्न बजेट सफल भएको बताउनु भएको छ ।

अर्थमन्त्री महराले संघीय शासन लागु भएपछि पहिलो पटक बजेट निर्माण गर्र्नुपरेको उल्लेख गर्दै सैद्धान्तिक ज्ञान र अनुभवको कमी हुन गएको पनि स्वीकार गर्नुभयो ।

मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उहाँले काम चलाउ सरकारले निर्वाचन आचारसंहितालाई समेत ध्यानमा राखेर बजेट ल्याउनु परेकाले त्यसमा नयाँ कार्यक्रम समावेश गर्न नसकिएको पनि स्पष्ट पार्नु भयो ।  सरकारले सोमबार पुरानै कार्यक्रमलाई निरन्तरता दिने गरी बजेट सार्वजनिक गरेको थियो ।

अर्थमन्त्री महराले बजेटले संविधान कार्यान्वयनलाई पहिलो प्राथमिकता दिएको पनि स्मरण गराउनु भयो । बजेटमा तीन वटै तहको निर्वाचन, राष्ट्रिय पुनर्निर्माण र नवनिर्माण, राष्ट्रिय महत्वका आयोजनाहरुलाई तीव्र गतिमा अघि बढाउन आवश्यक वित्तीय स्रोतको व्यवस्था गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);