धितोपत्र बोर्डको निर्णयले सर्वसाधारण बने मालिकः अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

असार १ २०८१, शुक्रबार

धितोपत्र बोर्डको निर्णयले सर्वसाधारण बने मालिकः अर्थमन्त्री

२५ जेठ, काठमाडौं । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल धितोपत्र बोर्डले नियमनकारी निकयका रुपमा चालेका कदमले सर्वसाधरणलाई कम्पनीको मालिक बनाएको बताउनुभएको छ ।

बोर्डको रजतजन्तीका अवसरमा विहिबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले बोर्डले चालेका पछिल्ला कदमले सर्वसाधरणलाई कम्पनीको मालिक बनाउनुको साथै बचत गर्ने संस्कारको विकास गराएको भन्दै खुसी व्यक्त गर्नुभयो । प्राथमिक शेयर निष्काशनमा आवेदन गर्ने सबैलाई कम्तिमा १० प्रतिशत शेयर दिने बोर्डको निर्णयले सर्वसाधरणमा बचत गर्ने, संकलित रकम उच्च प्रतिफल दिने कम्पनीमा लगाउने बानी तथा संस्कारको विकास गराएको उल्लेख गर्नुभयो ।

उहाँले बढ्दो पुँजी बजार र धितो पत्र बजारलाई नियमन गर्न अन्तर्राष्ट्रियस्तरमा विकसित उच्च प्रविधि अवलम्बन गर्दै गुणस्तरीय सेवा सञ्चालनका लागि अलग्गै भवन हुनुपर्ने बोर्डको मागप्रति सरकार सकारात्मक रहेको उल्लेख गर्नुभयो । बोर्डले पहिलो पटक पूँजीबजार पत्रकारिता पुरस्कारबाट नेपाल आर्थिक पत्रकार समाजलाई पुस्कृत गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);