नेपाल धितोपत्र बोर्डले सबै प्रदेशमा शाखा विस्तार गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

नेपाल धितोपत्र बोर्डले सबै प्रदेशमा शाखा विस्तार गर्ने

dhitopatra

काठमाडाैं, १७ असाेज । नेपाल धितोपत्र बोर्डले सबै प्रदेशमा आफ्नो शाखा कार्यालय विस्तार गर्ने तयारी गरेको छ ।  बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले सबै प्रदेशमा आफ्नो शाखा कार्यालय विस्तार गर्ने योजना तय गरिएको जानकारी दिए । चालू आर्थिक वर्ष भित्र प्रदेश १ मा बोर्डको शाखा कार्यालय विस्तारको काम सम्पन्न गर्ने बोर्डको योजना छ ।

बोर्डले पूँजीबजारसम्बन्धि पर्याप्त सूचना दिन बुधबार नयाँ अनलाईन सेवा पनि संचालनमा ल्याएको छ । लगानीकर्ताहरुका लागि पर्याप्त सूचना दिन नयाँ अनलाईन सेवा संचालन गरिएको पनि बोर्डका अध्यक्ष कार्कीले स्पष्ट पारे । बोर्डको अनलाईन सेवामा पूँजी बजारको समग्र जानकारी समावेश गरिएको बताइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);